कीवर्डहरू -

होलीमा ग्यापुसँग रमाए स-साना बालबालिका 

होलीमा ग्यापुसँग रमाए स-साना बालबालिका 

नेपालको लोकप्रिय इ-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (होली) मनाएको छ ।

होलीको अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गौशालाका करिब २ सय जना बालबालिकालाई होली टिर्सट र रँग वितरण गर्दै सामूहिक होली खेलेका हुन् ।

कार्यक्रममा ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स-साना बालबालिकासँग होलीमा मनाउन पाउँदा  खुसी व्यक्त गरे । स-साना बालबालिकाहरू होली टिर्सट र रंग पाउँदा रमाएका थिए ।