कीवर्डहरू -

क्यान महासंघले स्क्रम सम्बन्धि ट्रेनिङ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी 

क्यान महासंघले स्क्रम सम्बन्धि ट्रेनिङ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी 

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको इभेन्ट र प्रोजेक्ट डेभलपमेन्ट कमिटिले दुई दिनको स्क्रम मास्टर बाई स्क्रम इन्क भन्ने विषयमा प्रशिक्षण दिने भएको छ ।

यो कार्यक्रम चैत्र २८ र २९ गते सञ्चालन हुनेछ । यसमा सफ्टवेयर र एजाईलको विकासको बारेमा विशेष जानकारी दिइनेछ । स्क्रमको बारेमा स्क्रम प्रडक्ट ओनर तथा एसियन डेभलपेन्ट बैंकका आइसीटी सल्लाहकार विवेक राणा र लाइसेन्स प्राप्त गरेका स्क्रम ट्रेनर तथा प्रोजेक्ट म्यानेजमेन्ट निर्देशक प्रकाश अर्यालले प्रशिक्षण दिनेछन् ।

यो प्रशिक्षणले विशेष गरी टिम मेम्बर, टिम लिडर, स्क्रम मास्टर, विकासकर्ता, प्रोजेक्ट म्यानेजरहरुलाई फाइदा पुर्‍याउनेछ । यस ट्रेनिङमा सहभागीका लागि निश्चित सीट तोकिएको छ ।

यो प्रशिक्षणले विशेष गरी टिम मेम्बर, टिम लिडर, स्क्रम मास्टर, विकासकर्ता, प्रोजेक्ट म्यानेजरहरुलाई फाइदा पुर्‍याउनेछ । यस ट्रेनिङमा सहभागीका लागि निश्चित सीट तोकिएको छ ।

यो ट्रेनिङमा सहभागी हुन् चैत २१ गते सम्म रजिस्ट्रेसन गर्न सकिने छ । ट्रेनिङमा सहभागी हुन निश्चित शुल्क तिर्नु पर्ने आयोजकले जनाएको छ । जसमा चैत २१ गते सम्म रजिस्टर गराएमा भ्याट बाहेक २१ हजार रुपैँया तिर्नु पर्ने छ ।

त्यस्तै चैत २८ गते सम्म रजिस्टर गराएमा भ्याट बाहेक २३ हजार रुपैँया तिर्नु पर्ने छ भने इभेन्टकै दिन रजिस्टर गराएमा भ्याट बाहेक  ३० हजार रुपैँया तिर्नु पर्ने छ ।

इभेन्टकै दिन रजिस्टर गराएमा आयोजकले रेजिस्ट्रेसन रद्द गर्न सक्ने सम्भावना रहेको जनाइएको छ । यस ट्रेनिङमा सहभागी हुन यहाँ क्लिक गरी रजिस्टर गर्नुहोस् ।

यो ट्रेनिङको शुल्क क्यान महासंघको सचिवालयमा गएर तिर्न वा सिद्धार्थ बैंकमा रहेको क्यान महासंघको खातामा पनि जम्मा गर्न सकिने छ ।

क्यानको बैंक खाताको नाम फेडेरेसन अफ कम्प्युटर एशोसिएसन नेपाल रहेको छ भने खाता नम्बर ००११५०७८३०४ रहेको छ । भुक्तानी सफल भएको वा नभएको कन्फर्म गर्न उप प्रबन्धक उदीप बराललाई ९८४००६५७७५ वा ०१४३८२०९० सम्पर्क गर्न सकिने छ ।