कीवर्डहरू -

सामसङको फ्रि इन्टरटेनमेन्ट एपमा अब पोडकास्ट सुन्न सकिने 

सामसङको फ्रि इन्टरटेनमेन्ट एपमा अब पोडकास्ट सुन्न सकिने 

सामसङले आफ्नो फ्रि इन्टरटेनमेन्ट एपमा पोडकास्ट सेक्सन थप गरेको छ । यो सँगै सामसङ फोन चलाउनेले अब आफूलाई मनपर्ने अडियो शोहरु सुन्ने नयाँ विकल्प पाउने छन् ।

सामसङको इन्टरटेनमेन्ट एपमा टिभी सो, मूभी, गेम र अन्य न्यूज आर्टिकलहरु हेर्न पाइन्छ । सामसङले यो सेक्सनको नाम सामसङ पोडकास्ट राखिएको छ ।

यो सेक्सनलाई आधिकारिक रुपमा सामसङ पोडकास्ट भनिन्छ र यो फिचर सामसङ एस २१, एस २०, नोट २०, एस १० र नोट १० डिभाइसमा रोल आउट भइसकेको छ ।

सामसङ अकाउन्टमा लग इन गरेकाले निःशुल्क पोडकास्ट सुन्न पाउनेछन् । सामसङको अनुसार एपमा प्रयोगकर्ताका लागि हजारौँ पोडकास्टहरु रहेका छन् ।