कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक पौडेल सोमबार प्रवक्तामा नियुक्त भएका हुन् ।

यो भन्दा अगाडि मीन प्रसाद अर्याल प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । मीन प्रसाद अर्यालको स्थानमा सन्तोष पौडेल ल्याइएको हो ।

पौडेल प्राधिकरणको प्रशासन तथा अनुमतिपत्र महाशाखाका निर्देशक समेत हुन् । २०५६ सालमा प्राधिकरणमा नियुक्त भएको पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छन् ।