कीवर्डहरू -

विद्युतीय कार बनाउँदै साओमी

विद्युतीय कार बनाउँदै साओमी

साओमीले इलेक्ट्रीक कार बनाउन सक्ने भएको छ । रोयटर्सको रिपोर्ट अनुसार साओमीले आम बजारलाई लक्षित गर्दै इलेक्ट्रीक कारको निर्माण गर्ने भएको हो ।

यसले चिनियाँँ टेक जायन्ट ग्रेट वालसँग सहकार्य गरेर इलेक्ट्रीक कारको निर्माण गर्नेछ । यसको पहिलो मोडेल सन् २०२३ मा सार्वजनिक हुने बताइएको छ ।

इलेक्ट्रीक कारको निर्माण साओमीका लागि वर्षभरी आयको भरपर्दाे स्रोत बन्न सक्नेछ ।

साओमीसँगै ह्वावेले पनि कार निर्माणको बारेमा सोचिरहेको छ । यही दौडमा एप्पल पनि सहभागी रहेको छ ।

चिनियाँँ सर्च कम्पनी बाईडुले पनि जीलीको मद्दतले इलेक्ट्रीक कारको निर्माण गर्ने भएको छ ।