कीवर्डहरू -

न्यू योर्कमा पहिलो पटक कोभिड–१९ खोपको पासपोर्ट सार्वजनिक

न्यू योर्कमा पहिलो पटक कोभिड–१९ खोपको पासपोर्ट सार्वजनिक

न्यू योर्कले पहिलो पटक अमेरिकामा कोभिड–१९ खोपको पासपोर्ट सार्वजनिक गरेको छ । यो डिजिटल पास हो जसलाई त्यहाँ बस्नेहरुले खोप लगाई सकेको वा हालैमा कोभिड नेगेटिभ भएको प्रमाण दिनलाई प्रयोग गर्न सक्छन् ।

यसलाई एक्सेलसीअर पास पनि भनिन्छ । यसको लागि फोनको भर्चुअल वालेट प्रयोग गर्न सकिन्छ । त्यस्तै क्यूआर कोड प्रिन्ट आउट गरेर पनि राख्न सकिन्छ ।

यस्तो गरेपछि सजिलै कन्सर्ट वा स्टेज परफरमेन्सहरुमा जान सकिन्छ । आगामी हप्ता देखि न्यू योर्क सिटीको म्याडिसन स्क्वार गार्डेनमा एक्सेलसीअर पासको प्रयोग सुरु गरिनेछ ।

अप्रिल २ देखि यो सुविधा सानो भेन्यूहरुमा पनि प्रयोग गरिनेछ । भिड भएको ठाउँमा जाँदा यो पास लिएर जानु पर्ने हुन्छ । यो पासको निर्माणले विभिन्न व्यवसायहरुलाई पुनः सञ्चालनमा मद्दत पुग्नेछ ।