कीवर्डहरू -

साओमीको एम आई ११ अल्ट्रा सार्वजनिक, यस्ता छन् फिचर 

साओमीको एम आई ११ अल्ट्रा सार्वजनिक, यस्ता छन् फिचर 

साओमीको एम आई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोन सोमबार अर्थात मार्च २९ मा सार्वजनिक भएको हो ।

साओमीको एम आई ११ अल्ट्रामा पछाडिको भागमा सानो सेल्फी स्क्रीन रहेको छ । यसले फोटोग्राफिलाई अझै रमाइलो बनाउने छ ।

यो पहिलो स्मार्टफोन हो जसमा आफ्नो मुख्य क्यामेराको लागि सामसङको एकदमै शक्तिशाली आईएसओसीइएलएल जीएनटू सेन्सर प्रयोग गरिएको छ ।

एम आई ११ अल्ट्रामा रियर क्यामेरा सँगै सानो स्क्रीन पनि रहेको छ जसले गुणस्तरीय सेल्फी खिच्नलाई मद्दत पु¥याउँछ ।

यो एकदमै उपयोगी फिचरको रुपमा हेरिएको छ । यसमा क्वाड कर्भ भएको ६.८१ इन्चको एमोलेड स्क्रीन पनि रहेको छ ।

एम आई ११ अल्ट्रामा ३,२००X १,४४० रिजोल्यूसन छ र यसको रिफ्रेस रेट १२० हर्जको रहेको छ । यसमा १७०० निट्सको ब्राइटनेस छ ।

त्यस्तै फोनमा एचडीआर १० प्ल्स र डोल्बी भिजन पनि रहेको छ । सुरक्षाका लागि यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रिडर रहेको छ ।

त्यस्तै फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । पछाडिको स्क्रीनले सेल्फी लिँदा ऐना जस्तै काम गर्छ र सानो स्क्रीनले नोटिफिकेसन देखाउने गर्छ ।

यसमा स्नापड्रागन ८८८ प्रोसेसरको प्रयोग गरिएको छ। त्यस्तै अल्ट्रामा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको छ ।

यसमा ५००० एमएएचको ब्याट्री राखिएको छ । अल्ट्राको मूल्य ९१० देखि  १ हजार ७० अमेरिकी डलर सम्म पर्छ ।