कीवर्डहरू -

दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्न समुद्र भित्रै केबल बनाउँदै फेसबुक र गूगल

दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्न समुद्र भित्रै केबल बनाउँदै फेसबुक र गूगल

फेसबुक र गूगलले मिलेर दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्ने समुद्र भित्रै केबल बनाउने भएका छन् ।

यसले सिङगापुर, इन्डोनेसिया र उत्तर अमेरिकालाई जोड्ने छ ।

फेसबुकका अनुसार फेसबुकले दुई ओटा केबललाई गूगलसँग मिलेर ती क्षेत्रहरुमा इन्टरनेटको क्षमता विकास गर्ने प्रोजेक्टको निर्माण गर्न खोजिरहेको छ ।

केबलहरुको नाम ईको र बाईफ्रोस्ट रहेको छ । यो जाभा समुद्रको भित्र बनाइने भएको छ ।

यो प्रोजेक्टमा कति लगानी भएको छ त्यो बारे फेसबुकले  खुलाएको छैन् ।

केबलले इन्डोनेसियाका प्रमुख सहरहरु जोड्ने छ । ती क्षेत्रहरुमा इन्टरनेटको क्षमता बढ्दै जाने जनाइएको छ ।