भिसाले क्रिप्टोकरेन्सी प्रयोग गरी पेमेन्ट सेटलमेन्ट गर्न दिने भएको छ । भिसा इन्कले क्रिप्टोकरेन्सी यूएसडी कोइनकै मद्दतले भुक्तानी गर्न दिने भएको हो ।
यसले गर्दा प्रमुख अर्थतन्त्रमा पनि क्रिप्टोकरेन्सीको प्रयोग दर अझै बढ्दै गइरहेको छ ।
यसलाई कम्पनीले क्रिप्टो प्रोग्रामको नाम दिएको छ जसलाई क्रिप्टो डटकम पनि भनिन्छ ।
यहि कुरासँगै बिटकोइनको मूल्य ४.५ प्रतिशतले बढेको छ र मूल्य ५८ हजार ३०० डलर पुगेको छ ।
मास्टरकार्ड इन्क, ब्ल्याक रक इन्क र मेल्लनले क्रिप्टोकरेन्सीलाई प्राथमिकता दिन थालेकाले भिसाले पनि यो कदम चालेको हो ।
हालैमा टेस्लाका सीईओ एलन मस्कले पनि बिटकोइन बाट टेस्लाको गाडी किन्न सकिने घोषणा गरेका थिए ।
भिसाले डिजिटल एसेट बैंक एनकरेजसँग सहकार्य गरेर आफ्नो पहिलो कारोबार क्रिप्टो डटकमबाट गरेको थियो ।