कीवर्डहरू -

बिहिबारदेखि अनलाइनबाटै क्यान इन्फोटेकको स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने

बिहिबारदेखि अनलाइनबाटै क्यान इन्फोटेकको स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले चैत १९ गते बिहीबारदेखि स्पोन्सर तथा स्टल बुकिङ खुला गर्ने भएको छ । क्यान महासंघले बिहीबार बिहान १० बजेदेखि अनलाइनबाटै स्पोन्सर तथा स्टल बुकिङ गर्ने भएको हो ।

stalls.can.org.np वेबसाइटमा गएर अनलाइनबाटै स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने क्यान महासंघले जानकारी दिएको छ । अनलाइन बुकिङ गर्दा कुल रकमको ५० प्रतिशत पेमेन्ट गर्नुपर्ने छ । बुकिङ रकम ई-बैंकिङ तथा क्युआर कोड स्क्यान गरेर पनि पठाउन सकिने छ ।

साथै सिद्धार्थ बैंकमा रहेको क्यानको खातामा समेत बैंक गएर पैसा जम्मा गर्न सकिने छ । जसको भौचर अनलाइबाट बुकिङ गर्दा अट्याच गर्नुपर्ने जनाइएको छ ।

आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ सञ्चालन हुनेछ । यस पटकको इन्फोटेकको शिर्ष प्रायोजकमा प्रभु पे रहेको छ भने सह प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन्स रहेको छ ।


\"\"