कीवर्डहरू -

टिसीएल नयाँ वर्ष अफर, ७२ हजारसम्म क्यासब्याक दिने

टिसीएल नयाँ वर्ष अफर, ७२ हजारसम्म क्यासब्याक दिने

इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सका लागि चर्चित ब्रान्ड टिसीएलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा अफर सार्वजनिक गरेको छ ।

यही चैत्र ११ देखि सुरु भएको यस नयाँ वर्षको अफरमा टिसीएलका टिभी, वासिङ्ग मेशिन, एअर कन्डिशनर आदि खरिद गर्दा ग्राहकहरुले क्यासब्याक पाउन सक्नेछन् ।

ग्राहकले ३ वर्षको वारेन्टी भएको टिभीमा ७२,९०० सम्मको क्यासब्याक, मोटर र पिसीबीमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा ५ केजी एक्स्ट्रा वासिङ्ग पाउडर र १४,६०० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

त्यसैगरी ग्राहकले मोटरमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ्ग वासिङ्ग मेसिनमा ५ केजी एक्स्ट्रा वासिङ पाउडर र ७,५०० सम्मको क्यासब्याक तथा एअर कन्डिशनरमा ५ वर्षको वारेन्टीका साथै निःशुल्क जडानको सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

आफ्नो जीवनशैलीलाई नयाँ वर्षको आगमनसँगै विशिष्ट तथा नयाँ प्रविधिले परिवर्तित गर्न चाहने ग्राहकहरूका लागि टिसीएलले ल्याएको यो अफर एकदम राम्रो रहेको बताइएको छ ।