कीवर्डहरू -

लिक्वीड लेन्स प्रयोग भएको साओमीको पहिलो फोल्डेबल फोन सार्वजनिक

लिक्वीड लेन्स प्रयोग भएको साओमीको पहिलो फोल्डेबल फोन सार्वजनिक

चिनियाँ कम्पनी साओमीले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ । यो फोल्डेबल फोनको नाम एआई मिक्स फोल्ड रहेको छ ।

यसमा ह्वावेको मेट एक्स टू जस्तै डुअल स्क्रीन फर्म फ्याकटर र भित्रबाट खोलिने स्क्रीन रहेको छ ।

यसको सबैभन्दा आकर्षक फिचर भनेको लिक्वीड लेन्स रहेको छ । लिक्वीड लेन्स एउटा रियर क्यामेरामा राखिएको छ ।

फोनमा ८.०१ इन्चको स्क्रीन रहेको छ । यसमा ६०० निट्सको ब्राइटनेस छ । त्यस्तै फोनमा एचडीआर १० प्ल्स र डोल्बी भिजन पनि राखिएको छ ।

साओमीको अनुसार फोल्डेबल स्क्रीन लचकदार भएकाले कम्तीमा पनि एक मिलियन पटक फोल्ड गर्न सकिन्छ ।

यसमा २० मेगापिक्सेलको पञ्च होल सेल्फी क्यामेरा पनि रहेको छ । यसमा तीन ओटा क्यामेरा रहेका छन् जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ८ मेगापिक्सेलको बायोनिक क्यामेरा राखिएको छ ।

लिक्वीड लेन्सको फ्ल्युड माइनस ४० डिग्री सेल्सीयस देखि ६० डिग्री सेल्सीयस सम्ममा राम्ररी चल्ने गर्दछ ।

एआई मिक्स फोल्डमा स्न्यापड्रयागन ८८८ फाइभजी प्रोसेसरको प्रयोग गरिएको छ । त्यस्तै फोल्डमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको छ ।

यसमा ५ हजार २० एमएएचको ब्याट्री राखिएको छ । यो फोनमा चार ओटा स्पीकर पनि राखिएको छ ।

फोनको अप्रिल १६ देखि प्रि अर्डर लिने जनाइएको छ। फोल्डको मूल्य १ लाख ५० हजार देखि  २ लाख रुपैयाँ सम्म पर्ने छ ।