कीवर्डहरू -

प्राधिकरणले आईटी ल्याब सम्बन्धी ३ दिने तालिम दिने, सहभागीलाई खाना र बस्नको व्यवस्था 

प्राधिकरणले आईटी ल्याब सम्बन्धी ३ दिने तालिम दिने, सहभागीलाई खाना र बस्नको व्यवस्था 

नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि (आईटी) ल्याब स्थापना भएका ३ दिने तालिम दिने भएको छ । सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५ अनुरूप छनोट भएका सामुदायिक विद्यालयहरुलाई प्राधिकरणले तालिम दिने भएको हो ।

उक्त कार्यविधिमा प्राधिकरण र विद्यालयको काम, कर्तव्य र अधिकार तोकिएको छ । सोही अनुसार प्राधिकरण र छनोट भएका विद्यालयहरु बीचमा एमओयु समेत भएको छ ।

सो एमओयु अनुसार प्राधिकरणले ३ दिने ट्रेनिङ फर ट्रेनर (टिओटी) दिने भएको हो । यसका लागि प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गर्दै आइटी ल्याब स्थापना भएका विद्यालयहरुले उक्त प्रयोगशाला सञ्चालन गर्ने सम्बन्धित २ जना कर्मचारी तथा शिक्षकलाई सहभागी गराउन अनुरोध गरेको छ ।

तालिममा सहभागी हुने कर्मचारी तथा शिक्षकको खाना र बस्नको व्यवस्था प्राधिकरणले मिलाइ दिनेछ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।