कीवर्डहरू -

लिङ्कड इनको प्रोफाइलमा अब सर्वनाम पनि थप्न सकिने

लिङ्कड इनको प्रोफाइलमा अब सर्वनाम पनि थप्न सकिने

लिङ्कड इनले प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइलमा सर्वनाम थप्न दिने भएको छ ।

लिङ्कड इनको नयाँ फिचरले प्रयोगकर्ताहरुलाई नामसँगै सर्वनाम थप्न दिनेछ ।

सर्वनाम थप्न दिन फिचर यो हप्तादेखि रोल आउट हुन सुरु भएको छ ।

धेरैजनाले आफ्नो प्रोफाइलको तल तिर थुप्रै सर्वनामहरुको प्रयोग गरेका हुन्छन् तर अब भने नाममै पनि त्यसको प्रयोग गर्न सकिनेछ ।

लिङ्कड इनले कभर स्टोरिजको फिचर पनि ल्याएको छ । यो अरु प्लेटफर्मको स्टोरी फिचर जसरी २४ घण्टामा हराउँदैन् र स्थायी रुपमा राख्न सकिने छ ।