कीवर्डहरू -

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड

हिमालयन बैङ्क लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत हिमालयन बैङ्कका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् ।