कीवर्डहरू -

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको नमस्ते पे जेठदेखि सञ्चालनमा आउने

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको नमस्ते पे जेठदेखि सञ्चालनमा आउने

नेपाल  टेलिकम र रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल मनी  जेठदेखि  सञ्चालनमा  आउने  भएको  छ ।

मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा  पनि  कारोबार  गर्नसक्ने  उक्त  सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बुधबार आयोजित  भर्चुअल  कार्यक्रममा  उनले  अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइँरहेको बताए कार्यक्रममा   उनले   डिजिटल   भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन  आवश्यक रहेको  पनि  बताए ।

डिजिटलाइजेसनका  लागि  ठूलो  पुँजी  लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो दिगो बनाउन पनि  पूर्ण  रूपमा निःशुल्क  गर्नु  सम्भव  नहुने उनको भनाइ छ ।

त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत  गतिमा  अगाडि  बढाउन  उपकरण  आयातमा छुट सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।