कीवर्डहरू -

डिशहोमको ‘खुशीको उडान’ योजना शुरू, हरेक हप्ता बैंकक भ्रमणको मौका

डिशहोमको ‘खुशीको उडान’ योजना शुरू, हरेक हप्ता बैंकक भ्रमणको मौका

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो ।

यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्ने डिशहोले जनाएको छ ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरूले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागिता जनाउनुलाई  ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ ।

साथै ई–वालेट एप र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

लक्की ड्रको विजेताहरूको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको सीएएस आईडीको आधारमा गरिनेछ ।

लक्की ड्रको सुरुवात चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरूमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने डिशहोमले जनाएको छ ।