कीवर्डहरू -

अमेरिकी आर्मीलाई माइक्रोसफ्टले  १ लाख २० हजार एआर यूनिट सप्लाई गर्ने

अमेरिकी आर्मीलाई माइक्रोसफ्टले  १ लाख २० हजार एआर यूनिट सप्लाई गर्ने

माइक्रोसफ्टले अमेरिकी आर्मीलाई एआर प्रविधि पठाउन दशवर्षको कन्ट्रयाक्ट पाएको छ ।

यसका लागि दुई पक्षबिच २१.८८ बिलियनको सम्झौता भएको छ । माइक्रोसफ्टले यूएस आर्मीलाई १ लाख २० हजार एआर यूनिट सप्लाई गर्नेछ ।

यसले आर्मीहरु माझमा सुरक्षित रुपले डेटा सेयर गर्न मद्दत पु¥याउनेछ ।

माइक्रोेसफ्टले पहिले पनि दुई दशक देखि आर्मीसँग एकदमै निकट रुपमा काम गरिरहेको छ । यसले आर्मीहरुलाई आफ्नो मिसनमा चाहिने उपकरणको प्रोटाटइप गर्न मद्दत पु¥याएको थियो ।

यसले गर्दा देशको एकदमै महत्वपूर्ण जानकारीहरु पनि सबै सुरक्षित रहने बताइएको छ ।

यस्तो उपकरणहरु सबै अमेरिकामै निर्माण गरिनेछ । माइक्रोसफ्टका केही कर्मचारीहरुले यस सम्झौताको विरोध गरिरहेका छन् ।