कीवर्डहरू -

अब हावाबाटै पानी पिउन सकिने

अब हावाबाटै पानी पिउन सकिने

अबु धाबी(यूएई) मा हावाको मद्दतले पानी पिउन सकिने भएको छ ।

यूएईको ईसारा वाटर नामक कम्पनीले हावाबाट सफा पिउने पानी बनाउन सक्ने जेनेरेटर बनाएको हो ।

वातावरणमा ३७ बिलियन लिटर सफापानी हुने गर्छ र यो आद्र्रताको रुपमा रहने गर्छ । त्यही आद्र्रतालाई सफा पिउने पानीमा परिणत गरिन्छ ।

यो प्रविधिलाई विश्वका अरु केही भागहरुमा पनि प्रयोग गरिएको छ । यो प्रविधि विद्युतिय माध्यमले चल्ने गर्दछ ।

हावाको तापक्रमलाई मेसिनले याद गर्छ र पानी उत्पन्न गर्न कति तापक्रम चाहिने भनेर मापन गरि पिउने पानीमा परिणत गर्छ ।

त्यो पानीलाई फिल्टर गर्ने प्रक्रियाबाट धुलो तथा हानिकारक पदार्थहरुबाट फिल्टर गरिन्छ ।

त्यसपछि पानीलाई कन्डेन्स गरेर मिनिरलाइजेसन च्याम्बरमा पठाइन्छ ।

यति गरेपछि पुनः पानीलाई सफा पार्न अल्ट्रा भ्वाइलेट लाईटमा राखिन्छ र यसले पानीलाई अझै शुद्ध बनाउँछ ।

पानी प्रिमियम क्वालिटीमा पुगेपछि त्यसलाई चिसो बनाइन्छ र पानी खानलाई उपयुक्त हुन्छ । यो पानी अरु साधारण बोतल पानी भन्दा ६ गुणा सस्तो पर्ने गर्छ ।