कीवर्डहरू -

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहिबारदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा शुरू गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा मन्त्री गुरूङले यस्तो बताएका हुन् ।

साथै सञ्चारमन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै सेवालाई गुणस्तरीय र सुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसद, स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरुलाई आग्रह गरेका छन् ।