कीवर्डहरू -

साढे एकदिन सम्म ब्याट्री टिक्ने क्यासियोको पहिलो स्मार्टवाच सार्वजनिक

साढे एकदिन सम्म ब्याट्री टिक्ने क्यासियोको पहिलो स्मार्टवाच सार्वजनिक

क्यासियोले वेयर ओएस भएको पहिलो जीशक स्मार्टवाच सार्वजनिक गरेको छ ।

यो स्मार्टवाचलाई गूगल वेयर ओएस प्लेटफर्म प्रयोग गरेर बनाइएको हो । यो घडीमा खेलकुदसँग सम्बन्धित फिचरहरु रहेका छन् ।

यो पानी नछिर्ने तरिकाले बनाइएको छ । यसमा सधैँ अन नै रहने एलसीडी स्क्रीन पनि रहेको छ जसले समय देखाईरहन्छ ।

यसमा सेन्सरहरु पनि प्रयोग गरिएको छ जसमा बिल्ट इन जीपीएस राखिएको छ । यसमा अप्टिकल हार्ट रेट सेन्सर रहेको छ ।

यसलाई क्यासियो एपसँग कनेक्ट गरिएको छ जसले गर्दा घर भित्रै कसरत गरेको पनि रेकर्ड हुने गर्दछ ।

जीशक स्मार्टवाचले एक पटक चार्ज गरेपछि साढे एकदिन सम्म ब्याट्री लाइफ दिने कम्पनीले दावी गरेको छ ।

जीशक स्मार्टवाच रातो, कालो र निलो रङ्गमा उपलब्ध छ । यसको मूल्य सात सय अमेरिकी डलर तोकिएको छ ।