कीवर्डहरू -

यती एयरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि हुने

यती एयरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि हुने

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ‍कमर्स ग्यापुले यती एयरलाइन्ससँग व्यापार साझेदारी गरेका छन् । यस साझेदारी सँगै यती एयरलाइन्सका यात्रुले  एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ।

यती एयरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु तथा एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

यती एयरलाइन्सको हरेक बोर्डिङ पासमा ग्यापु मार्केटप्लेसको सय रुपैयाँको भौचर कोड र एक्सलट्रिपको २ सय रुपैयाँको भौचर कोड उपलब्ध हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए ।

अप्रिल महिनामा ग्यापुको वार्षिक उत्सव र नेपाली नयाँ वर्ष समेत रहेकोले सोही भौचर प्रयोग गर्दा ग्यापुमा २ सय र एक्सलट्रिपमा ३ सयको छुट पाइने बताइएको छ।

साथै यती एयरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाख बढी यात्रुले एक वर्षभरि असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए।

यती एयरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुने बताइएको छ । भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए।

सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एयरलाइन्सले ग्यापु र एक्सलट्रिप सँग सहकार्य गर्न पाएकोमा यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे ।