कीवर्डहरू -

नेपाली बजारमा ओप्पो ए १२ को मूल्य घट्यो

नेपाली बजारमा ओप्पो ए १२ को मूल्य घट्यो

ओपोले नेपाली नयाँ बर्षको अवसरमा ३ जीबी र्‍याम भएको ओपो ए १२ को मूल्य घटाएको छ । यसभन्दा अगाडि १६ हजार ५ सय ९० रूपैयाँ मूल्य रहेको उक्त फोन अब १४ हजार ९ सय ९० रूपैयाँमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।
फोनमा ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध रहेको छ । यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ ।

फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा र २ मेगापिक्सेल क्षमताको क्यामेरा जडान गरिएको छ । त्यसैगरी सेल्फीका लागि फोनमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

ओप्पो ए १२ मा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर राखिएको छ । फोनमा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज उपलब्ध छ ।

फोनमा फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा उपलब्ध छ । यसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।