कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटबाट अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ ।

यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ । यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गर्नु भएको थियो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।