कीवर्डहरू -

सिटिजन्स बैंक​ले शुरू गर्‍यो डलर कार्ड

सिटिजन्स बैंक​ले शुरू गर्‍यो डलर कार्ड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यूएसडी ई–कम (डलर कार्ड) कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंक​ले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तरगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंक​को खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटकपटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

यूएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।

यस अन्तरगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाइन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।