कीवर्डहरू -

डिजिटल कारोबार प्रवर्द्धन गर्न कुमारी बैंक र उपाय सिटी कार्गो बीच सहकार्य

डिजिटल कारोबार प्रवर्द्धन गर्न कुमारी बैंक र उपाय सिटी कार्गो बीच सहकार्य

नगदमा आधारित कारोबारलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।

सहकार्य सम्बन्धि सम्झौतामा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा, सिटी कार्गोका अध्यक्ष सुमन रायमाझी, एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र यूके एड अन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहरालगातका प्रतिनिधी बीच हस्ताक्षर भएको थियो ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।