कीवर्डहरू -

पोर्सले कारमा एन्ड्रोइड अटो प्रयोग गर्ने 

पोर्सले कारमा एन्ड्रोइड अटो प्रयोग गर्ने 

पोर्सले सन् २०२२ को मोडेलमा एन्ड्रोइड अटो राख्ने भएको छ ।

यसमा एन्ड्रोइड फोनको मद्दतले गूगल म्याप पनि हेर्न सकिनेछ । यो पोर्सका लागि एकदमै महत्वपूर्ण प्रविध अपग्रेड हो ।

यसले पोर्स कम्यूनिकेसन म्यानेमेजमेन्ट प्रयोग गरेको छ जसमा एप्पल कारप्ले, एप्पल म्यूजिक, एप्पल पोडकास्ट जस्ता इन्टरफेसहरु रहेका छन् । जसलाई १०.९ इन्चको टचस्क्रीनबाट पहुँच गर्न सकिन्छ ।

यसमा ‘हे पोर्स’ भनेर भ्वाइस कन्ट्रोल र न्याभिगेसन प्लस फिचर रहेको छ जसलाई सब्सिक्रिप्सनको माध्यमले पाउन सकिन्छ ।

अहिलेका लागि यी फिचरहरु पोर्सले तीन वर्षसम्म निःशुल्क ट्रायल गर्न दिनेछ ।

यसमा रिमोट पार्क एसिस्ट भन्ने फिचर पनि छ जसले गर्दा कम स्पेसमा गाडी पार्क गर्नलाई सजिलो हुन्छ ।

पोर्सको मूल्य १ लाख डलर देखि २ लाख १९ हजार ८ सय डलर सम्म पर्ने गर्छ ।