कीवर्डहरू -

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने भएको छ । एप्पलले सिरी सुरु गरेदेखि सिरीको आवाज उत्तर अमेरिकाको महिलाको जस्तो रहेको छ ।

तर अब भने आइओएसको १४.५ बेटा भर्सनमा आफूले चाहे अनुसार आवाज सेलेक्ट गर्न मिल्नेछ ।

टेकक्रन्चको रिपोर्ट अनुसार एप्पलले दुई जना अङग्रेजी बोल्ने आवाजहरु राखेको छ र ती मध्य एउटा आवाज छान्न सकिन्छ ।

यसले विविधतालाई बढवा दिने कम्पनीको विश्वास रहेको छ ।

सिरीको आयरल्याण्ड, इटली र रुसमा समेत आवाजमा केही परिवर्तन ल्याइएको छ ।

यो बेटा भर्सनले आइफोन ११ को ब्याट्री लाइफ बढाउन पनि मद्दत गर्ने जनाइएको छ ।