कीवर्डहरू -

घाटा भएपछि मोबाइल व्यवसाय बन्द गर्दै एलजी, अब सिक्सजीमा केन्द्रीत हुने

घाटा भएपछि मोबाइल व्यवसाय बन्द गर्दै एलजी, अब सिक्सजीमा केन्द्रीत हुने

एलजीले मोबाइल व्यवसायलाई बन्द गर्ने निर्णय गरेको छ ।

मोबाइल बिजनेसलाई बन्द गरेर सिक्सजीमा केन्द्रीत हुने बताएको छ । निर्माण भईसकेको उपकरणहरुलाई एलजीले विक्री गर्ने छ ।

यो व्यवसायलाई जुलाई सम्म पूर्ण रुपमा बन्द गर्ने एलजीको विचार रहेको छ तर त्यसपछि पनि केही फोनहरु विक्रिमा नै रहनेछन् ।

बजारमा सामसङ र एप्पल जस्ता फोनको बढि प्रभाव रहेकाले एलजीले खासै राम्रो गर्न सकेको थिएन ।

बजारमा लोकप्रियता भन्दा पनि सङ्ख्याको महत्व रहने एलजीको भनाई छ ।

कोरिया हेराल्डको अनुसार गत पाँच वर्षमा ४.५ बिलियन डलर गुमेकाले एलजीले यस्तो निर्णय गर्नुपरेको हो ।

चीपसेट आफै नबनाउने कारणले पनि एलजीलाई केही समस्या भएको हो । एलजीले आफ्नो मोबाइल व्यवसाय कुन कम्पनीलाई बेच्ने भनेर अहिले पनि छलफल गरिरहेको छ ।

\"\"