कीवर्डहरू -

तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस् (भिडियोसहित)

तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहा पाउनुहोस् (भिडियोसहित)

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ ।

त्यसैले आफुले प्रयोग गर्ने सिम कसको नाममा रहेको छ भनेर थाहा पाउनु जरुरी छ । आज हामी तपाईलाई नेपाल टेलिकम तथा एनसेलको तपाईले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउने तरिका बारे जानकारी दिदैछौँ ।

आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

त्यस्तै तपाईले प्रयोग गर्ने एनसेलको सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यदि आफुले प्रयोग गरिरहेको सीम अरुको नाममा दर्ता छ भने उक्त सीम आफ्नो नाममा ल्याउन पनि सकिन्छ । जसको लागि सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

भिडियो पनि हेर्नुहोस्