कीवर्डहरू -

एन्ड्रोइड एप डेभलपरले अब सजिलै प्रयोगकर्ता ट्रयाक गर्न नपाउने

एन्ड्रोइड एप डेभलपरले अब सजिलै प्रयोगकर्ता ट्रयाक गर्न नपाउने

एन्ड्रोइड एप डेभलपरलाई प्रयोगकर्ता ट्रयाक गर्न अब गाह्रो हुने  भएको छ । धेरै जसो एपले यूजर आइडी, फोन नम्बर र ठेगाना माग्ने गर्छन् ।

यसले एप डेभलपरलाई प्रयोगकर्ताको डिभाइसमा कुन कुन एप छ र प्रयोगकर्ताले कस्तो खालको सामाग्री हेर्न रुचाउँछन भनेर थाहा दिने गर्छ ।

यसले गर्दा विज्ञापन राख्नलाई सहज हुन्छ । फाइल म्यानेजर, एन्टी भाइरस जस्ता एपलाई साच्चिँकै फोनको पहुँच चाहिने गर्छ ।

तर केही एपहरुले यो अवसरको दुरुपयोग गरेर गोपनीयता र डेटा सुरक्षामा समस्या सिर्जना गरिरहेका हुन्छन् । त्यसैले गूगलले अब त्यसमा रोक लगाउने भएको छ ।

सन् २०२१ को मे ५ देखि निर्माताहरुले कुनै एपमा विशेष पहुँच चाहिएमा गूगललाई त्यसको लागि प्रमाणित कारण दिनुपर्ने हुन्छ भने ती एपहरुले सुरक्षाको विश्वास दिनुपर्ने हुन्छ ।