कीवर्डहरू -

सामसङले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ३५ प्रतिशतसम्म छुट दिने, टिभीमा दुई वर्षको वारेन्टी

सामसङले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ३५ प्रतिशतसम्म छुट दिने, टिभीमा दुई वर्षको वारेन्टी

सामसङ नेपालले नयाँ वर्षको अवसरमा ‘सुरुवात नयाँ उत्साहको’ अफर ल्याएको छ ।

उक्त अफरमा सामसङले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ३५ प्रतिशत सम्मको छुट दिने जानकारी दिएको छ ।

कम्पनीले सिङग्ल र डबल डोर दुवै खाले रेफ्रिजेरेटरमा डिस्काउन्ट दिनेछ ।

त्यस्तै सामसङले क्यूएलईडी टिभी, फोरके यूएचडी टिभी र फूल स्मार्ट एचडी टिभी पनि ल्याउने जनाएको छ ।

सामसङ नेपालले नयाँ इनोभेसन प्रयोग भएको कर्ड म्यास्ट्रो फ्रिज पनि ल्याएको छ जुन विश्वकै पहिलो शित नबन्ने खालको रेफ्रिजेरेटर हो ।

सो रेफ्रिजेरेटरबाट घरमै ताजा दही बनाउन सकिन्छ । नयाँ वर्षको अफर सेमि अटोमेटिक वासिङ मेसिनहरुमा पनि लागु गरिएको छ ।

सामसङले सबै टिभी प्रोडक्टमा दुई वर्षको वारेन्टी पनि दिएको छ । त्यस्तै किनेको सामग्रीको होम डेलिभरीको पनि सुविधा दिइएको छ ।

यो अफर चैत्रको १९ गते देखि आगामी जेठ ११ गते सम्म लागु हुनेछ । यो अफर सामसङ नेपालको आधिकारिक स्टोरहरु बाट प्राप्त गर्न सकिनेछ ।