कीवर्डहरू -

कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एकजना  पक्राउ 

कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एकजना  पक्राउ 

नेपाल प्रहरीको साइबर ब्युरोले कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

साइबर ब्यूरोले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई दीपाश्री निरौला लगायत कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेको अभियोगमा पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।

विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर १४ वर्षीय बालकलाई पक्राउ गरिएको हो । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।