कीवर्डहरू -

विश्वका अर्बपतिको सूचीमा जेफ बेजोस पहिलो नम्बरमा, नेपालका विनोद चौधरी कतिमा छन् ?

विश्वका अर्बपतिको सूचीमा जेफ बेजोस पहिलो नम्बरमा, नेपालका विनोद चौधरी कतिमा छन् ?

विश्वको लोकप्रिय इकमर्श अमेजनका संस्थापक जेफ बेजोस फेरी पनि विश्वको सबैभन्दा धनी व्यक्ति हुन सफल भएका छन् ।

फोर्ब्स ले मंगलबार सार्वजनिक गरेको २ हजार ७५५ जना डलर अर्बपतिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस एक नम्बरमा पर्न सफल भएका हुन् ।

बेजोसको कुल सम्पति १७७ अर्ब डलर रहेको छ । त्यस्तै उक्त सूचीको दोस्रो नम्बरमा एलन मस्क, तेस्रो नम्बरमा बर्नाड एरनल्ट, चौंथौ नम्बरमा बिल गेट्स र पाँचौं नम्बरमा मार्क जुकरबर्ग रहेका छन् ।

मस्कको सम्पति १५१ अर्ब डलर रहेका छ । त्यस्तै बर्नाडको १५० अर्ब डलर, बिल गेट्सको १२४ अर्ब डलर र जुकरबर्गको ९७ अर्ब डलर सम्पति रहेको छ ।

फोर्ब्सको यो सूचीमा यसपटक मात्रै ४९३ अर्बपति थपिएका छन् । यो सूचीमा भारतका मुकेश अम्बानी १०  नम्बरमा पर्न सफल भएका छन् । उनको कुल सम्पति ८४.५ अर्ब डलर रहेको छ ।

त्यसैगरी नेपालका विनोद चौधरी पनि फोर्ब्सको उक्त सूचीमा अटाएका छन् । उनी सूचीको २ हजार १४१ नम्बरमा रहेका छन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनको कुल सम्पति १.४ अर्ब डलर छ  । उनी नेपालको एक मात्र डलर अर्बपति हुन् ।