कीवर्डहरू -

नयाँ वर्षको अवसरमा दराजको भब्य सेल योजना, बम्पर उपहारमा ड्याटसन रेडीगो जित्ने अवसर

नयाँ वर्षको अवसरमा दराजको भब्य सेल योजना, बम्पर उपहारमा ड्याटसन रेडीगो जित्ने अवसर

अनलाइन बजार दराजले चैत्र २९ देखि नव वर्षको भब्य सेल ‘दराज नव वर्ष २०७८’ सुरु गर्ने घोषणा गरेको छ ।

नयाँ वर्षको अवसरलाई लिएर दराजले विभिन्न डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ठ पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडीगो जित्ने अवसर लिएर आएको छ ।

दराज नव वर्ष २०७८ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट पेमेन्ट गर्दा १००० देखि १५०० सम्मको छुट पाउन सक्नेछन् ।

दराजको पेमेन्ट पार्टनरहरुमा नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेका छन् ।