कीवर्डहरू -

भिभोको नयाँ वर्ष अफर, मोबाइल किन्दा छुटका साथै उपहार जित्न सकिने

भिभोको नयाँ वर्ष अफर, मोबाइल किन्दा छुटका साथै उपहार जित्न सकिने

भीभोले नेपाली नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । भीभोले भी र वाई सिरिजका स्मार्टफोनको खरिदमा विशेष छुटका साथै उपहार योजना पनि सार्वजनिक गरेको हो । यो अफर अप्रिल ७ देखि अप्रिल २५ सम्म रहने कम्पनीले जनाएको छ ।

भीभोको भी सिरिज ह्यान्डसेट जस्तैः भी २० (८ जीबी + १२८ जीबी), भी २० एसई ( ८ जीबी + १२८ जीबी) तथा वाई सिरिज स्मार्टफोनको वाई ५१(८ जीबी + १२८ जीबी), वाई१२ (३ जीबी + ३२ जीबी), वाई९१ सी (२ जीबी + ३२ जीबी) नेपाली बजारमा उपलब्ध छन् ।

भीभोका नेपाल प्रमुख मार्सले यो नयाँ वर्षको अभियानको साथ भीभोले स्मार्टफोन सपिङ्गका लागि पहिलेको भन्दा अझै सहज बनाउने र उच्च प्रविधिको स्मार्टफोन भी सिरिज र वाई सिरिज सहुलियत मूल्यमा उपलब्ध गराउने बताए ।

भीभोका विभिन्न फोनको खरिदमा विभिन्न उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । जसमा, भीभो भी २० खरिद गर्ने ग्राहकले गेमिङ हेडफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी पहिलो १५० जना उपभोक्ताले भीभो भी २० एसई खरिद गर्दा ब्लुटुथ स्पीकर उपहार स्वरुप पाउनेछन् । भीभो वाई २०( ३ जीबी+३२ जीबी) खरिद गर्दा १ हजार मात्र तिरेर लिन सकिन्छ ।

त्यस्तै भीभो वाई ९१ सीको खरिदमा २ हजार तिरेर बाँकी ईएमआई गर्ने सुविधा कम्पनीले दिएको छ । ग्राहकहरुले भीभो वाई १२ एसमा १ हजार छुट मिल्नेछ ।

कम्पनीले भीभो वाई २० (४ जीबी + ६४ जीबी), वाई २० एस, वाई ५१ स्मार्टफोन खरिद गर्ने पहिलो पहिलो १७०० ग्राहकहरुले यस सिजनको आईपीएल जर्सि जित्ने मौका पाउने छन् ।