कीवर्डहरू -

टिकटकमा अटो क्याप्सन फिचर आउँदै

टिकटकमा अटो क्याप्सन फिचर आउँदै

टिकटकमा अब अटोमेटिक क्याप्सनको फिचर थप हुने भएको छ । यसले प्रयोगकर्तालाई अझै सहज बनाउने छ ।

अहिले सम्म टिकटक प्रयोगकर्ताहरुले भिडियोमा आफै क्याप्सन हाल्ने गर्थे जसलाई धेरै समय लाग्थ्यो तर अब यो काम एपले नै गरिदिने छ । यो फिचरलाई अटो क्याप्सन भनिन्छ ।

भिडियो निर्माताले क्याप्सनलाई फाइन टयुन वा एडिट गर्न पनि सक्नेछन् । यसले सुन्न समस्या भएको व्यक्तिहरुलाई पनि एप चलाउन मद्दत पु¥याउने छ ।

अटो क्याप्सनको सुरुवात अङग्रेजी र जापानीज भाषाबाट गरिनेछ । तर क्याप्सन राख्ने की नराख्ने भन्ने कुरा निर्मातामै भरपर्ने गर्छ ।