कीवर्डहरू -

वर्ल्डलिंकको ‘हर्षको नयाँवर्ष’ अफर, इन्टरनेट प्याकेजमा ६२ प्रतिशतसम्म छुट

वर्ल्डलिंकको ‘हर्षको नयाँवर्ष’ अफर, इन्टरनेट प्याकेजमा ६२ प्रतिशतसम्म छुट

नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ नामक अफर ल्याएको छ ।

‘हर्षको नववर्ष’ अफर अन्तरगत २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिएमा ग्राहकले ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् । साथै यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाइने छ, जसमा फिल्म हेर्न सकिनेछ ।

कम्पनीले वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने बताएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क पाइने छ ।

आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढी भन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेट उपलब्ध गराएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाले बताए ।

‘हाम्रा ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहेका छौं । यही सचेतताका कारण ग्राहकहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भन्ने उद्देश्यले हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं,’ उनले भने, ‘यो नयाँ वर्षले हाम्रा ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउने छौं ।’