कीवर्डहरू -

२ हजार ७८ रूपैयाँमा स्काई ब्रोडब्याण्डको इन्टरनेट र टिभी, साथमा जडान खर्च निःशुल्क

२ हजार ७८ रूपैयाँमा स्काई ब्रोडब्याण्डको इन्टरनेट र टिभी, साथमा जडान खर्च निःशुल्क

नयाँ वर्ष २०७८ सालको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्याण्डले नयाँ अफर ल्याएको छ ।

कम्पनीको ‘नयाँ वर्षको नयाँ उमङ्ग, हर्ष र खुसी स्काई ब्रोडब्याण्डसँग’ अफर अन्तरगत २ हजार ७८ रूपैयाँमा एक महिनाका लागि ३० एमबीपीएसको इन्टरनेट र म्याक्स टिभी पाइने छ ।

नयाँ वर्षको इन्टरनेट यस प्याकेजमा रेन्टल राउटर शुल्क, ड्रप वायर शुल्क र जडान शुल्क पनि समावेश भएको कम्पनीले जनाएको छ ।

यसअघि यो इन्टरनेट प्याकेजको मूल्य करिब ५ हजार रूपैयाँ रहेको भएपनि नयाँ वर्षको अवसरमा सबैसँग खुसी साट्ने उद्देश्यले स्काई ब्रोडब्याण्डले २०७८ रूपैयाँमै यो प्याकेज उपलब्ध गराएको हो । यो अफर सीमीत समयका लागि मात्रै लागु हुनेछ ।

स्काई ब्रोडब्याण्डको यो अफर लिन कम्पनीको वेबसाइट https://skybroadband.com.np/ वा ०१५५३०८९९ मा सम्पर्क गर्न सकिने छ । कम्पनीले ग्राहकहरुलाई ३० एमबीपीएस, ४५ एमबीपीएस र ६० एमबीपीएसको इन्टरनेट प्रदान गर्दै आएको छ ।