कीवर्डहरू -

रियलमी सी १५ फोनको मूल्य घट्यो

रियलमी सी १५ फोनको मूल्य घट्यो

नेपाली बजारमा रियलमी सी १५ फोनको मूल्य घटेको छ । मूल्य घटेसँगै अब यो फोन १८ हजार ५९० रूपैयाँमा पाइने छ ।

यसमा ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले राखिएको छ । क्वालकम ४६० स्न्यापड्रयागन प्रोसेसर प्रयोग गरिएको यस फोनमा एड्रेनो ६१० जीपीयु रहेको छ ।

रियलमी सी १५ मा ६ हजार एमएएचको ब्याट्री राखिएको छ । एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिने कम्पनीले जनाएको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

फोनमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ भने १३ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।