कीवर्डहरू -

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा

ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा सार्वजनिक भएको छ । गत मार्च २३ मा न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रम मार्फत ओपो एफ १९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्री शुरू गरेको थियो ।

ओपो वाच सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन अन्तर्गतको यो नयाँ उत्पादन हो । नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटु) अनुगमन गर्ने सुविधा छ । यसमा जीवनका लागि आवश्यक १२ वर्कआउट मोडका साथै अन्य सुविधा पनि उपलब्ध छन् ।

डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१ ईञ्च फुल कलर एमोलेड स्क्रिन जडान गरिएको छ । ओपो ब्याण्डमा कम्पनीले वाच फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दुई स्टाइलमा उपलब्ध गरिएको छ ।

प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्यूजिक प्लेब्याक नियन्त्रण तथाआफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् ।

ब्याट्रीको कुरागर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोसेसरको प्रयोग गरिएको छ । १०० एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमा चार्ज हुन्छ । नेपाली बजारमा यो ब्याण्डको मूल्य ५ हजार ५ सय ९९ रूपैयाँ निर्धारण गरिएको छ ।