कीवर्डहरू -

प्रहरीलाई प्रविधिमैत्री बनाउने पूर्व डिआईजी डा. सुब्बा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित 

प्रहरीलाई प्रविधिमैत्री बनाउने पूर्व डिआईजी डा. सुब्बा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित 

नेपाल प्रहरीका पूर्व डिआईजी डा. राजिब सुब्बा सुप्रबल जनसेवा श्री (तृतिय) पदकबाट सम्मानित भएका छन् । शुक्रबार उक्त पदकबाट पूर्व प्रहरी नायव महानिरीक्षक डा. राजिव सुब्बा सम्मानित भएका हुन् ।

उनी विसं. २०५२ सालमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको रुपमा प्रहरी संगठनमा प्रवेश गरेका थिए । सञ्चार निर्देशनालयका प्रमुख उनले आफ्नो कार्यकाल १ वर्ष बाँकी रहेकै बेला २०७६ साल फागुन महिनामा डिआईजी पदबाट राजीनामा दिएका थिए ।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने र सेवालाइ डिजिटलाइजेसन गर्नसम्म डा. सुब्बाको योगदान महत्वपूर्ण छ । उनको जन्म ताप्लेजुङमा भएको हो ।

उनले दक्षिण भारतको कर्नाटक युनिभर्सिटीबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन्समा सन् १९९३ मा बिई इन्जिनियरिङ पढेका थिए । उनले पिएचडी सोसल मिडिया र विपत् व्यवस्थापन सम्बन्धी गरेका छन् ।

यो पनि पढ्नुहोस्ः प्रहरीलाई जनतासँग कनेक्ट गर्ने डा. ‘राजिव सुब्बा’