कीवर्डहरू -

उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री पदकबाट सम्मानित

उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री पदकबाट सम्मानित

उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उक्त सम्मान पोखरेललाई प्रदान गरेकी हुन् ।

आइसिटी अवार्डका जुरी संयोजक रहेका उनी सुस्मित ग्रुपका अध्यक्ष समेत हुन् । आइसिटी अवार्डलाई विश्वसनीय र उत्कृष्ट बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०१६ मा आइसिटी अवार्ड शुरू गर्नमा उनको महत्वपूर्ण भूमिका छ ।

नेपाली स्टार्टअपलाई प्रवर्द्धन गर्दै आएका उनले नेपाली स्टार्टअपलाई सिलिकन भ्यालीमा जोड्न समेत सहयोग गरेका छन् ।

हाल पोखरेल विभिन्न संस्था र कम्पनी मार्फत नेपालमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने काममा लागि परेका छन् ।