कीवर्डहरू -

डिशहोमको ‘खुशीको उडान’ योजना सुरु, २ जनाले पाए बैंकक भ्रमणको अवसर

डिशहोमको ‘खुशीको उडान’ योजना सुरु, २ जनाले पाए  बैंकक भ्रमणको अवसर

डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टपअप गरेको हुनुपर्दछ ।

साथै ई–वालेट एप्स र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले बार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

डिशहोम लक्की ड्रको पहिलो लक्की ड्र डिशहोमको रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलहरूमा भएको छ । पहिलो लक्की ड्रका विजेता ग्राहकको क्यास आईडी नम्बर ०२५५८१३३९६०, ०२५१९२५०८८५ रहेको छ ।