कीवर्डहरू -

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट मिल्ने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

छुट सम्बन्धि सम्झौतामा बैंकका डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराजका अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।