कीवर्डहरू -

टिकटकमा नयाँ म्युजिकमा आधारित फिल्टरहरु आउँदै

टिकटकमा नयाँ म्युजिकमा आधारित फिल्टरहरु आउँदै

टिकटकले अन्तरक्रियाशीलता बढाउन नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउने भएको छ । यसमा एउटा फिल्टर भनेको म्यूजिक भिजुअलाइजर हो जसमा रियल टाइममा बिट ट्रयाक गर्न सक्ने सफ्टवेयर हुने गर्दछ ।

यसलाई टिकटकको क्रियटिभ एफेक्ट ट्रेको म्युजिक ट्याबबाट चलाउन सकिन्छ । यसले आकाशलाई बैजनी रङ्गको ब्याकग्राउण्ड बनाउँछ र अरु थुप्रै ग्रहहरु रहेको जस्तो देखाउँछ ।

सिन्थवेब मनपर्नेलाई यो फिल्टर मनपर्ने छ । टिकटकले यो बाहेक पनि पाँच ओटा फिल्टर राख्ने भएको छ । अर्को फिल्टरले स्टील ईमेजलाई बिटसँग सिन्क्रोनाइज गर्ने गर्छ ।

त्यस्तै अर्को फिल्टरले भिडियो ट्रान्जिसनमा एनिमेटेड टेक्स्ट राख्न दिनेछ । त्यस्तै म्युजिक मेसिन नामक फिल्टरले ड्रम बीट र अरु आवाजको प्रयोगले आफ्न गीत बनाउन दिनेछ ।

यसमा बीपीएम स्लाइडर र पाँच ओटा वानसट इफेक्ट पनि रहेका छ । यसले प्लेटफर्मलाई पक्कै पनि अन्तरक्रियात्मक बनाउने आशा गरिएको छ ।