कीवर्डहरू -

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम सञ्चालनमा

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम सञ्चालनमा

नेपालमा अहिले विस्तारै धेरै इकमर्स कम्पनीहरु सञ्चालनमा आएका छन भने केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ ।

तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् । अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लिकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि आदि ।

यो समस्यालाइै चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजिनल सामानहरुमात्र विक्री गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा शुरु भएको छ ।

श्रृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ ।

यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्रीगर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्री गर्न सक्नेछन् ।

नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको यो ईकमर्श कम्पनी गत बर्षको वैशाखदेखि परिक्षण सञ्चालन गरिरहेको छ र यो वैशाख देखि पुर्ण रुपमा सञ्चालनमा आउँदैछ ।