कीवर्डहरू -

गुणस्तरिय स्मार्टफोनका लागि रियलमीको टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

गुणस्तरिय स्मार्टफोनका लागि रियलमीको टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो ।

उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइल फोन रियलमी सी २१/२५ बनेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको छ ।

रियलमी नै उच्चविश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।

रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तरमानकको रुपमाकामगर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनकामुख्य २३ वटा जाँचको प्रक्रिया समेटेको छ ।

जसअन्तर्गत १० परीक्षण  दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहिततापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमाआधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परिक्षण हुन्छन् ।