कीवर्डहरू -

ग्यालेक्सी एस २१ एफईको जानकारी लिक, पुरानै डिजाइनमा आउन सक्ने

ग्यालेक्सी एस २१ एफईको जानकारी लिक, पुरानै डिजाइनमा आउन सक्ने
Credit: OnLeaks/Voice

सामसङको ग्यालेक्सी एस २१ एफईले पुरानै डिजाइन प्रयोग गर्न सक्ने भएको छ । यो ग्यालेक्सी एस २० एफईको उत्तराधिकारी पनि हुने बताइएको छ ।

ग्यालेक्सी एस २१ एफईको बारेमा अनलीक्स नामक टिप्स्टरले बताएको हो । यसमा पुरानै किसिमको क्यामेरा डिजाइन रहेको छ ।

यसमा पनि ग्यालेक्सी एस २१ जस्तै मिड रेन्ज डिस्प्ले राखिएको छ  । अनलीक्सको अनुसार यसमा ६.४ इन्चको स्क्रीन रहेको छ । यसमा तीन ओटा रियर क्यामेरा र एउटा पञ्च होल सेल्फी क्यामेरा पनि रहने बताइएको छ ।

त्यस्तै यसमा १२० हर्जको डिस्प्ले पनि रहेको छ । यसमा स्न्यापड्रयागन ८८८ हुने अनुमान लगाइएको छ । गत साल ग्यालेक्सी एस २० एफई सेपटेम्बरमा लञ्च भएको थियो र यो वर्ष पनि त्यस्तै हुने अनुमान लगाइएको छ । यो फोन सस्तो मूल्यमा नै पाइने पनि अनुमान लगाइएको छ ।