कीवर्डहरू -

फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइस सपोर्ट नगर्ने

फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइस सपोर्ट नगर्ने

मोजिला फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइस सपोर्ट नगर्ने भएको छ । अप्रिल ३० देखि फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइसलाई सपोर्ट गर्ने छैन् ।

अप्रिल ३० पछि ब्राउजरले कुनै पनि सेक्युरिटी अपडेट पाउन छाडने छ र एकपटक डिभाइसबाट हटाएमा इन्स्टल पनि गर्न मिल्दैन् । अमेजनले सन् २०१७ मा फायर टिभीको पहुँच दिएको थियो । यसले गर्दा सजिलै वेब चलाउन सकिन्थ्यो ।

अमेजनले क्रोमकास्ट र गूगल होम जस्तै कुनै पनि गूगल प्रोडक्टलाई पनि सपोर्ट गर्दैन् । इको शोको आफ्नो युट्युब एप नभएकाले अमेजनकै सिल्क ब्राउजरमा भर पर्नु पर्ने हुन्छ ।